बोल्ने कला · नेपालीमा १५ दिने अनलाइन कोर्स

डर लागे पनि बोल्न सिक्नुहोस्।
१५ दिनमा प्रभावशाली वक्ता बन्नुहोस्।

मञ्चको डर, “दुई शब्द” भन्नुपर्ने अचानकको क्षण, उद्घोषण, अन्तर्वार्ता: दिनको केही मिनेटको भिडियो पाठ र अभ्यासले, चरणबद्ध रूपमा।

Early list मा नाम लेखाउनुहोस्
बोल्ने कला जन्मजात हुँदैन। यो सिकिन्छ, र अभ्यासले निखारिन्छ।

के तपाईंलाई पनि यस्तो हुन्छ?

कार्यक्रममा नाम बोलाइँदा मुटु धड्किन्छ, हात चिसो हुन्छ, घाँटी सुक्छ।
घरमा सबै आउँछ, तर मञ्चमा पुगेपछि दिमाग खाली हुन्छ।
बोल्दा “उम्… अनि… हगि…” धेरै आउँछ।
अन्तर्वार्तामा “आफ्नोबारे भन्नुहोस्” सोध्दा के भन्ने थाहा हुँदैन।
उद्घोषण गर्न मन छ, तर सम्बोधन र कार्यक्रमको क्रम थाहा छैन।

यदि हो भने, तपाईं एक्लो हुनुहुन्न। र यो कोर्स तपाईंकै लागि बनेको हो।

१५ दिनपछि तपाईं के गर्न सक्नुहुन्छ?

डरलाई ऊर्जामा बदल्ने

Box breathing, power pose र “म उत्साहित छु” जस्ता प्रमाणित तरिकाले मञ्चमा शान्त रहने।

बिना तयारी बोल्ने

अचानक बोलाइँदा पहिलो ५ सेकेन्डमा के गर्ने, र ४ सूत्रले ६०–९० सेकेन्डको स्पष्ट मन्तव्य दिने।

भाषण बनाउने र सुनाउने

सही सम्बोधन, ध्यान खिच्ने सुरुवात, ३ को नियम, कथा वाचन र बलियो अन्त्य।

शरीर र आवाज

आत्मविश्वासी मुद्रा, eye contact, हाउभाउ, आवाजको उतारचढाव, माइकको सही प्रयोग र थेगो घटाउने।

उद्घोषक (MC) बन्ने

कार्यक्रम तालिका, link line, वक्ता परिचय, अनौपचारिक कार्यक्रम र मञ्चमा आउने समस्या सम्हाल्ने।

व्यावसायिक व्यक्तित्व

अन्तर्वार्ताका उत्तर (STAR), प्रस्तुतीकरण, मनाउने कला र क्यामेरा अगाडि बोल्ने।

१५ दिनको पाठ्यक्रम

४६ भिडियो पाठ · हरेक दिन worksheet र अभ्यास · हरेक अध्यायमा assignment

खण्ड १: आधार
१
सञ्चार सीपको आधार र आफ्नो परिचयसञ्चारका तत्व, सक्रिय सुनाइ, कुराकानीका ७ गल्ती, परिचयको सूत्र
२
मञ्चको डर हटाउने उपायडरको विज्ञान, ७ व्यावहारिक तरिका, मञ्चमा भुल्ने समस्या
३
आत्मविश्वास र पहिलो छापव्यक्तित्वका दुई पाटा, आत्मविश्वासको चक्र, पहिलो ७ सेकेन्ड
खण्ड २: बोल्ने कलाका ३ स्तम्भ
४
शरीरको भाषामुद्रा, मञ्चमा हिँडाइ, eye contact, हातका ५ हाउभाउ
५
आवाज, उच्चारण र माइकआवाजका ६ P, pause, थेगो हटाउने, माइकका ६ नियम
६
भाषणको संरचना र सम्बोधनमर्यादाक्रम, ३ को नियम, सुरुवातका ७ तरिका, प्रभावशाली अन्त्य
खण्ड ३: भाषणका प्रकार र सम्बन्ध
७
कथा वाचन कलाकथाको संरचना, CAR ढाँचा, संवाद र Story Bank
८
औपचारिक मन्तव्यहरूस्वागत, धन्यवाद ज्ञापन, शुभकामना र बिदाई भाषण
९
बिना तयारी भाषण र शब्द छनौटपहिलो ५ सेकेन्ड, ४ सूत्र, सुरक्षित पहिलो वाक्य
१०
सम्बन्ध निर्माण र श्रोतालाई बुझ्ने कलाRapport, श्रोता विश्लेषण, दर्शक रिझाउने ५ सूत्र, FORD
खण्ड ४: व्यावसायिक प्रयोग
११
मनाउने कला र प्रस्तुतीकरणEthos-Pathos-Logos, Monroe ढाँचा, स्लाइड र प्रश्नोत्तर
१२
उद्घोषण कला भाग १MC को भूमिका, कार्यक्रम तालिका, सञ्चालन स्क्रिप्ट
१३
उद्घोषण कला भाग २वक्ता परिचय, अनौपचारिक कार्यक्रम, समस्या सम्हाल्ने, बैठक माइन्युट
१४
व्यावसायिक व्यक्तित्वअन्तर्वार्ता, क्यामेरा र अनलाइन मिटिङ, जिन्दगी बदल्ने ५ सीप
१५
Final Speech र अबको यात्राSpeaker’s Ritual, अन्तिम भाषण, Day 1 बनाम Day 15 तुलना, ३० दिने योजना

हरेक दिन कसरी सिक्ने?

भिडियो पाठ हेर्ने
Worksheet भर्ने
१० मिनेटको Daily Drill
अभ्यास भिडियो रेकर्ड गर्ने
Rubric अनुसार Self-review

भिडियो हेरेर मात्र कोही वक्ता बन्दैन, जसरी पौडीको भिडियो हेरेर पौडी आउँदैन। त्यसैले यो कोर्समा हरेक दिन अभ्यास छ। Day 1 मा तपाईं आफ्नो “BEFORE” भिडियो रेकर्ड गर्नुहुन्छ, र Day 15 मा आफ्नै परिवर्तन आफ्नै आँखाले देख्नुहुन्छ।

कोर्ससँग तपाईंले पाउनुहुने

  • ४६ भिडियो पाठ र एनिमेटेड explanation भिडियो, सरल नेपालीमा
  • तपाईंका अभ्यास भिडियोमा कम्तीमा ७ व्यक्तिगत review
  • हरेक हप्ता live seminar
  • १५ वटा प्रिन्ट गर्न मिल्ने worksheet र १५ दिने Progress Tracker
  • हरेक अध्यायको quiz र assignment
  • अभ्यास भिडियो रेकर्ड गर्ने गाइड (PDF)
  • मन्तव्य templates: स्वागत, धन्यवाद, शुभकामना, बिदाई
  • उद्घोषणका १०० उपयोगी वाक्य र बैठक माइन्युटको नमुना
  • ५० Table Topics विषय र २० अन्तर्वार्ता प्रश्न
  • कोर्सपछिको ३० दिने अभ्यास योजना

यो कोर्स कसका लागि हो?

विद्यार्थी

कक्षा प्रस्तुति, वक्तृत्व प्रतियोगिता, कलेज कार्यक्रम र अन्तर्वार्ताको तयारी।

जागिरे र व्यवसायी

बैठक, प्रस्तुति, ग्राहकसँग कुरा र टिमको नेतृत्व।

शिक्षक र सामाजिक कार्यकर्ता

कार्यक्रममा मन्तव्य, उद्घोषण, टोल भेला र संस्थाका बैठक।

जो कोही

जसलाई मान्छेका अगाडि बोल्दा डर लाग्छ, र त्यो डर अब पार गर्न चाहनुहुन्छ।

कोर्स छिट्टै आउँदैछ

अरू अनलाइन / इन्स्टिच्युट

रु. ५,०००+
  • Zoom कक्षा मात्र
  • तोकिएको समयमा जोडिनैपर्ने
  • कक्षा छुटे दोहोर्याएर हेर्न नपाइने

यो कोर्स

रु. ४,९९९रु. १,९९९
  • Flexible समय: आफूलाई मिल्ने बेला सिक्ने
  • पूरा कक्षाका भिडियो, जति पटक पनि हेर्न मिल्ने
  • एनिमेटेड explanation भिडियो
  • हरेक दिनको workout (Daily Drill)
  • तपाईंका अभ्यास भिडियोमा कम्तीमा ७ व्यक्तिगत review
  • हरेक हप्ता live seminar
विशेष अफर
पूरा मूल्य रु. ४,९९९
रु. १,९९९
अहिलेको अफर मूल्य (एक पटकको शुल्क) · Early list मा नाम लेखाउनुहोस्, कोर्स खुल्नासाथ सबैभन्दा पहिले खबर पाउनुहुन्छ

    प्रायः सोधिने प्रश्न

    कोर्स कहिले सुरु हुन्छ? अहिले पैसा तिर्नुपर्छ?कोर्स छिट्टै खुल्दैछ। अहिले कुनै भुक्तानी लिइँदैन। Early list मा नाम लेखाउनुहोस्, कोर्स खुल्नासाथ सबैभन्दा पहिले तपाईंलाई खबर गरिनेछ।
    दिनको कति समय चाहिन्छ?हरेक दिन भिडियो पाठ, worksheet र अभ्यास भिडियो गरी करिब एक घण्टा। Daily drill १० मिनेटको मात्र छ।
    मलाई धेरै डर लाग्छ। के म पनि सक्छु?यो कोर्स त्यस्तै मान्छेका लागि बनेको हो। पहिलो अभ्यास ऐनाअगाडि वा मोबाइलमा मात्र हो, र अभ्यास सजिलोबाट गाह्रोतर्फ, चरणबद्ध रूपमा अघि बढ्छ।
    अभ्यास भिडियो रेकर्ड गर्न के चाहिन्छ?एउटा मोबाइल मात्र। कसरी रेकर्ड गर्ने भन्ने पूरा गाइड Day 1 मै दिइएको छ।
    १५ दिनमै सक्नुपर्छ?होइन। आफ्नो समयअनुसार सिक्न सक्नुहुन्छ। तर दिनको एउटा पाठ गर्दा सबैभन्दा राम्रो नतिजा आउँछ।
    विद्यालय, कलेज वा संस्थाका लागि समूहमा लिन मिल्छ?मिल्छ। समूह (ब्याच) का लागि विशेष छुट छ। माथिको फारम भर्नुहोस् वा mail@hemantnepal.com.np मा लेख्नुहोस्।

    तपाईंको आवाज महत्त्वपूर्ण छ।

    डर लागिरहन्छ, र लाग्न दिनुहोस्। तर डरसँगै पनि बोल्नुहोस्। पहिलो पाइला आजै चाल्नुहोस्।

    Early list मा नाम लेखाउनुहोस्